Logo

लेखपोखराको पुवाखोली बनमा ७ सय बिरुवा रोपियो ।



Spread the love

बुद्धि पुन
असार ३१, सल्यान

सल्यानको लेखपोखरामा रहेको एक सामुदायीक वनले करिब ७ सय विरुवा रोपेको छ । लेखपोखरा गाबिस वडा नं ५ मा रहेको पुवाखोली सामुदायीक वन समूहले खण्ड नम्बर १, र २ मा रहेको खाली जग्गामा बिभिन्न जातका बिरुवा रोपेको हो ।

पुवाखोली सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष चन्द्र बहादुर वलीको नेतृत्व तथा सचिब मोतीलाल वलीको ब्यबस्थापनमा बन समुहका पदाधिकारीहरुको सक्रियतामा बिरुवा रोपिएको हो । उक्त बनमा स्थानिय हावापानीमा हुर्कन सक्ने टुनी, कोईराल, बाँस, लाखुरी, पैयु, रयाज लगाएतका चौडापाते बिरुवा रोपिएको बताईएको छ । बन समुहको खालि रहेको डाँडा पाखामा पनि हराभरा गराउने उद्देश्य अनुरुप आफ्नै बन समुहमा उपलब्ध बिभिन्न जातका बिरुवा रोपिएको सचिव वलीले भन्नु भयो । बनमा महत्वपूर्ण बिरुवाहरु रोपिएकाले बिरुवा रोपेको बनमा पशुचौपाय जथाभाबि नछोडन अध्यक्ष वलीले बन समुहका उपभोक्तहरुलाई आग्रह गर्नु भएको छ । बढ्दो कार्बन उत्सर्जनलाई कम गर्ने उद्देश्यले चौडापाते बिरुवा रोपिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्