Logo

गाडिको ठक्करबाट स्कुले विद्यार्थीको निधन



Spread the love

असार २, सल्यान– सल्यानमा गाडिको ठक्करबाट एक स्कुले बालकको मृत्यु भएको छ । ढोरचौर गाउपालिका १ मोख्ला बजारमा भे १ च १५४१ नं को दूध बोक्ने डेरिको गाडिले ठक्कर दिदा बालकको घटनास्थलमा नै ज्यान गएको हो ।
दूध बोक्ने गाडिले बागचौर नगरपालिका १ गैरावेतका अन्दाजी १० बर्षका बालक गोपाल बुढाथोकीलाई ठक्कर दिएपछि उनको निधन भएको हो । मृतक बालक रिभर साइड एकेडेमी थारमारेमा अध्ययन गर्दै आएका थिए।19206590_1939676449609837_1189844942_n19243663_1939675576276591_1405236999_o
दिउँसो १ः४५ बजे गाडिले बालकलाई ठक्कर दिएपछि चालक फरार रहेका छन् भने स्थानियवासीले गाडी तोडफोड गर्दै उचित क्षतिपुर्तिको माग सहित सडक बन्द गरेका छन ।
घटानास्थलको स्थिति जटिल बन्दै गए पछि जिल्लाबाट थप प्रहरी खटाएको जिल्ला प्रहरी कार्याल सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्