Logo

लेबनानबाट सिरियाली शरणार्थी फर्के



Spread the love

२६ असार, बेरुत l लेबनानबाट ९ सय भन्दा बढी सिरियाली शरणार्थी बिहीबार आ –आफ्नो घर फर्केका छन् । लेबनानको राजधानी बेरुतसहित सिडोन र बेकाआबाट ती शरणार्थीहरु फर्केका यहाँको स्वतन्त्र पत्रिका एल्नासराले जनाइएको छ ।

लेबनानी सेनाको निरीक्षणमा ती शरणार्थीहरु फर्केका बताइएको छ । फर्केका ती शरणार्थीहरुको नामावली संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च आयोग (युएनएचसिआर) ले सिरियामा रहेका युएनएचसिआरको शाखा कार्यालयलाई जानकारी दिएको छ ।

ती शरणार्थीहरुलाई कुनै प्रकारको सहयोगको आवश्यता परेमा सो सिरियामा रहेको युएनएचसिआरको कार्यालयले सहयोग गर्ने बताइएको छ । लेबनानमा शरणार्थीको रुपमा दर्ता भएका सिरियाली शरणार्थीको सरकारको अनुमानित सङ्ख्या ९ लाख ७६ हजार रहेको युएनएचसिआरले जनाएको छ ।

तर लेबनानमा १५ लाख सिरियाली शरणार्थी रहेका छन् । सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

उक्त गृहयुद्धमा अलकायदा र इस्लामिक स्टेट्स (आइएस) जस्ता आतङ्ककारी समूह हाबी हुदै गयो । उक्त आन्दोलनमा परी सन् २०११ देखि हालसम्म ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसेकेको छ । लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ देशभित्र र छिमेकी देशका शरणार्थीको जीवन यापन गरिरहेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्