Logo

विश्वकप क्रिकेटः अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा



Spread the love

२७ असार, काठमाडाैँ – साविकको विजेता अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड घरेलु मैदानमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बर्मिघममा बिहिबार भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो । पाँच पटकको विजेता अष्ट्रेलिया भने सेमिफाइनलबाटै बाहिरिएको छ ।

अब इंग्ल्याण्डले उपाधिका लागि आइतबार न्युजिल्याण्डसँग खेल्नेछन् । न्युजिल्याण्ड भारतलाई १८ रनले पराजित गर्दै यसअघि नै फाइनल पुगिसकेको छ ।

इंग्ल्याण्ड र न्युजिल्याण्ड फाइनल पुगेसँगै एकदिवसीय विश्वकप जित्ने नयाँ च्याम्पियन राष्ट्र थपिने भएको छ । इंग्ल्याण्ड र न्युजिल्याण्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

प्रतिक्रिया दिनुहोस्