Logo

बारबोरा स्ट्रारकोवालाई पराजित गर्दै सेरेना विम्बलडनको फाइनलमा



Spread the love

२७ असार, काठमाडाैँ – सेरेना विलियम्स विम्बल्डन टेनिसको फाईनलमा प्रवेश गरेकी छिन् । बिहिबार राति भएको सेमिफाईनल खेलमा बारबोरा स्ट्रारकोवालाई पराजित गर्दै सेरेना कीर्तिमानी २४ औ ग्राण्डस्लामको उपाधि नजिक पुगेकी छिन् ।

उनले उपाधिका लागि अब सिमोना हालेपसंग प्रतिस्पर्धा गर्नेछिन् । युक्रेनकी एलिना स्वीटोलिनालाई पराजित गर्दै हालेपले पनि फाईनलमा स्थान सुरक्षित गरेकी थिईन् ।

अमेरिकी खेलाडी सेरेनाले सहज जित निकाल्ने क्रममा चेक खेलाडीलाई ६–१ र ६–२ को सेटमा पराजित गरिन् ।

प्रतिक्रिया दिनुहोस्