Logo

यी हुन् लस्सी पिउनका फाइदा



Spread the love

गर्मी मौसम बढेसँगै हाम्रो शरीरले पनि शितलता खोज्ने गर्दछ । गर्मीयाम सुरु भएपछि बजारमा पनि पेय पदार्थ लस्सीको माग पनि बढ्दै जान्छ । लस्सी भन्नाले दहीबाट बन्ने स्वादिष्ट अनि शरीरलाई शितलता प्रदान गर्ने एक प्रकारको खाद्य पदार्थ हो । मानिसहरू गर्मी मौसममा लस्सी पिउन धेरै नै रुचाउने गर्दछन् l जसलाई पिउँदा शरीरलाई शितलता प्रदान गर्नका साथै स्वास्थ्यमा पनि फाइदा पुर्‍याउने गर्दछ l

  हेर्नुहोस् लस्सी पिउनका फाइदा :

  • गर्मी मौसममा पिउने लस्सीमा प्रोटिनको मात्रा बढी भएको हुनाले शरीरको कोषतन्तुलाई कमजोर हुनबाट बचाउँने गर्दछ ।
  • यदि तपाईँ लस्सीको सेवन गर्नु हुन्छ भने यसले तपाइको ब्लड सुगरलाई पनि सन्तुलन राख्न मद्दत पुर्‍याउँछ ।
  • लस्सी पिउनाले शरीरको उच्च तापक्रमलाई कम गर्न पनि सहयोग गर्दछ l
  • उच्च रक्तचाप भएका बिरामीहरूका निम्ति लस्सीमा नुन राखेर पिउनु अति लाभदायक मानिन्छ l
  • लस्सी क्याल्सियमका लागि उपयुक्त स्रोत भएकाले यसको सेवन गर्नाले हाड र दाँतलाई पनि बलियो बनाउन मद्दत पुग्दछ ।

प्रतिक्रिया दिनुहोस्