Logo

सेरेनालाई पराजित गर्दै हालेपले जितिन् विम्बलडन



Spread the love

२९ असार, काठमाडाैँ – सिमोना हालेपले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । शनिबार भएको फाइनलमा सेरेना विलियम्सलाई पराजित गर्दै हालेपले उपाधिमा नाम लेखाएकी हुन् ।

रोमानियाकी हालेपले अमेरिकाकी सेरेनालाई ६-२ र ६-२ को सेटमा पराजित गरिन् । सेरेनाविरुद्ध जित निकाल्न हालेपले ५६ मिनेटको समय खर्चिन् ।

 पहिलो पटक विम्बल्डन टेनिसको उपाधि जितेकी उनी विम्बल्डन टेनिसको उपाधि जित्ने पहिलो रोमानियाकी खेलाडी समेत बनेकि छन् ।

हालेपको यो दोस्रो ग्राण्डस्लाम उपाधि समेत हो ।

पुरुषतर्फको उपाधिका लागि नोभाक जोकोभिक र रोजर फेडेररबीच खेलब हुनेछ ।

प्रतिक्रिया दिनुहोस्