Logo

मैत्रीपूर्ण खेलमा चेल्सीको सहज जित



Spread the love

२९ असार,काठमाडाैँ  – इंग्लिस क्लब चेल्सीले मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।

शनिबार भएको खेलमा चेल्सीले आइरीस क्लब सेन्ट प्याट्रिक्स एथलेटिकलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

नयाँ सिजन सुरु अघिको प्रि-सिजन टुरमा रहेको चेल्सीका लागि ओलिभर जेरुडले २ गोल गरे । यस्तै मसुन माउन्ट र इमर्सनले एक एक गोल गर्दै चेल्सिलाई सहज जीत दिलाए ।

यो जित प्रशिक्षक फ्रान्क लाम्पार्डले  चेल्सीले सम्हाले यताको पहिलो जित हो ।

प्रतिक्रिया दिनुहोस्