Logo

अस्ट्रेलियामा शक्तिशाली भूकम्पको धक्का



Spread the love

२९ असार, सिड्नी l आज बिहान अस्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन् ।

भूकम्पले ठुलो क्षेत्रमा क्षति पुर्‍याएता पनि घाइते तथा क्षतिको विवरण भने अहिलेसम्म नखुलेको उनीहरूको भनाई रहेको छ । भूकम्पपछिको आँधीले कुनै खतरा भने नगर्ने अमेरिकी भूगर्भ मापन केन्द्रले स्पष्ट पारेको छ ।

भूकम्पले झन्डै एक मिनेट घरहरू हल्लाउँदा पनि कुनै क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी ब्रुम प्रहरी विभागले दिएको छ l राष्ट्रिय प्रसारण एबीसीले भने सामान्य क्षतिका केही खबर खुलाएता पनि कसैको मृत्यु वा घाइते भएको खबर भने नआएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्