Logo

घरेलु मैदानमा इंग्ल्याण्डलाई क्रिकेट विश्वकपको उपाधि



Spread the love

३० असार, काठमाडाैँ – घरेलु टोली इंग्ल्याण्डले १२ औं संस्करणको विश्वकप क्रिकेटको उपाधि जितेको छ । लण्डनमा आइतबार भएको रोमाञ्चक फाइनल खेलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि घरमै राखेको हो ।

इंग्ल्याण्ड पहिलो पटक  विश्वकप क्रिकेटको उपाधि जित्न सफल भएको छ । अब इंग्ल्याण्ड विश्वकप जित्ने नयाँ राष्ट्र बनेको छ । न्युजिल्याण्ड भने पुन: फाइनलमा पराजित भएको छ ।

लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा पनि खेलले रोमाञ्चक मोड लियो । इंग्ल्याण्डले न्युजिल्याण्डलाई दिएको  १६ रन पच्छ्याएको न्युजिल्याण्डले जवाफमा १५ रन नै बनायो । तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री प्रहार गरेको कारण इंग्ल्याण्डले उपाधि जितेको हो ।

न्युजिल्याण्डले १६ बाउन्ड्री प्रहार गर्दा इंग्ल्याण्डले २४ बाउन्ड्री प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्