Logo

नोभाक जोकोभिकलाई लगातार दोस्रो बर्ष विम्बल्डन टेनिसको उपाधि



Spread the love

३० असार, काठमाडाैँ – विश्व नम्बर एक सर्बियन स्टार नोभाक जोकोभिकले लगातार दोस्रो वर्ष विम्बल्डन टेनिसको उपाधि चुमेका छन् ।लण्डनमा आइतबार भएको फाइनलमा रोजर फेडेररलाई ऐतिहासिक टाईब्रेकमा पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जोकोभिकले फेडेररलाई ७-६ (७-५), १-६,७-६(७-४) र १३-१२ (७-३) को सेटमा पराजित गरे । उपाधि जित्न जोकोभिकले ४ घण्टा ५७ मिनेटको समय लगाए । यो विम्बल्डन इतिहासकै सबैभन्दा लामो फाइनल हो ।

योसँगै करियरको १६ औं ग्राण्डस्लाम उपाधि जित्न सफल भएका जोकोभिकले पाचाैँ विम्बल्डन टेनिसको उपाधि जितेका छन्।

प्रतिक्रिया दिनुहोस्