Logo

अफ्रिका कप अफ नेसन्सः अल्जेरिया फाईनलमा



Spread the love

३० असार, काठमाडाैँ – रियाद महरेजको फ्रिकिक गोलको मद्दतमा अल्जेरिया अफ्रिका कप अफ नेसन्सको फाईनलमा प्रवेश गरेको छ ।खेलको अन्तिम समयमा म्यानचेष्टर सिटीका फरवार्ड महारेजले गोल गरेपछि अल्जेरियाले सेमिफाईनलमा नाईजेरियालाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

खेलको ४० औ मिनेटमा विलियम ट्रोस्ट इकोङ्गको आत्मघाति गोलबाट अल्जेरियाले अग्रता बनाएको थियो । ७२ औ मिनेटमा ओडियन इग्लुले पेनाल्टीमा गोल गर्दै नाईजेरियालाई खेलमा फर्काएका थिए ।

तर बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा महरेजले फ्रिकिक मार्फत गोल गर्दै अल्जेरियालाई फाइनलको बाटो देखाए ।

अल्जेरियाले अब उपाधिका लागि सेनेगलसंग प्रतिस्पर्धा गर्नेछ । सेनेगलले ट्युनेसियालाई हराउँदै फाईनल प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्