Logo

ग्रिजम्यानले बार्सिलोनामा १७ नम्बरको जर्सी लगाउने



Spread the love

३० असार, काठमाडाैँ – विश्व विजेता फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजम्यानले बार्सिलोनामा १७ नम्बरको जर्सी लगाउने भएका छन् । बार्सिलोनाले आइतबार ग्रिजम्यानले लगाउने जर्सी सार्वजनिक गरेको छ । बार्सिलोनाले उनलाई क्लबको १७ नम्बरमा हिजो फोटोसुट गराएको हो ।

शुक्रबार एट्लेटिको मड्रिडबाट ग्रिजम्यानलाई बार्सिलोनाले १ सय २० मिलियन युरोमा अनुबन्धन गरेको थियो । २८ वर्षीय विश्वकप विजेता टोलीका सदस्य ग्रिजम्यानले क्लबसँग ५ बर्षको सम्झौता गरेका छन् ।

ग्रिजम्यान सन् २०१४ मा रियल सोसिडाडबाट एथ्लेटिको मड्रिड गएका थिए । उनले २ सय ५६ खेलमा १ सय ३३ गोल गरेका थिए ।

एथ्लेटिकोसंग २०१८ मा क्लबसंग ५ बर्षको सम्झौता गरेका उनले समरमा क्लब छाड्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्