Logo

निमको प्रयोग गर्नुहोस् र स्वस्थ्य रहनुहोस्



Spread the love

निम एउटा यस्तो जडीबुटी अन्तर्गत पर्ने वनस्पति हो । जसको स्वाद अति नै तितो हुन्छ । तर जतिनै तितो भए पनि निम हाम्रो स्वास्थ्यको लागि निकै गुणकारी छ । त्यसैले जान्नुहोस् निमको प्रयोगले हाम्रो स्वास्थ्यमा हुने अत्यन्तै प्रभाबकारी फाइदाहरू :

  •  निमको रस खाँदा रगत सफा हुनुको साथै रक्तसञ्चार सहज बनाउँन मद्दत गर्दछ ।
  •  निमको तेल शरीरमा लगाऊनाले छालाको एलर्जी, पोतो, चाउरी पन जस्ता समस्या समाधान हुन्छ ।
  •  निमको सुकेको पात अन्न वा भकारीमा राख्दा निममा हुने तत्वले किरा लाग्नबाट बचाउँछ ।
  •  यदि तपाइको आँखा सुन्निँएको छ भने निमको तेललाई गाजलजस्तै लगाउनु होस् जसले गर्दा आँखा सुन्निँने समस्याबाट राहत मिल्दछ ।
  •  कपाल सुख्खा हुने , कपालमा हाँगा फाट्ने , जुम्रा पर्ने जस्ता समस्या छ भने निमको तेल प्रयोग गरेमा एक दमै फाइदा गर्दा छ ।
  •  निमको ५ /६ वटा पाकेको दाना नियमित बिहान बेलुका खाने गरेमा अपच, अरुची भएको कम हुँदै जान्छ ।
  • छाला सम्बन्धी रोगहुनेहरुले निमको पात हालेर पकाइएको पानीले नुहाउँदा राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्