Logo

हरियो खुर्सानी खानुका यस्ता छन् फाइदा



Spread the love

कतिपय मानिसहरूको खानासँग हरियो खुर्सानी टोकेर खाने बानी नै हुन्छ l तर के तपाईँलाई हरियो खुर्सानी खानुको फाइदा बारे थाहा छ के ? थाहा छैन भने जानी राख्नुहोस् हरियो खुर्सानी खानुका फाइदाहरू l

  • हरियो खुर्सानीको सेवन गर्नाले डाइट्री फाइबर्स प्रचुर मात्रामा प्राप्त हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत गर्दछ ।
  • हरियो खुर्सानीमा भिटामिन ए भरपूर्ण मात्रामा पाइने हुँदा यसको प्रयोगले आँखा तेजिलो बनाउनका साथै छाला चम्किलो पनि बनाउने गर्दछ ।
  • हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्त्व पाइन्छ जो प्रोस्ट्रेट क्यान्सरबाट जोगाउन पनि महत्त्वपूर्ण भूमिका खेल्दछ ।
  • यदि तपाईँ हरियो खुर्सानीको सेवन गर्नुहुन्छ भने यसले छाला सफा बनाउनका साथै डन्डीफोर आउन पनि दिँदैन ।
  • रक्तचापलाई नियन्त्रण गर्न हरियो खुर्सानी निकै उपयोगी साबित हुन्छ । मधुमेह भएको अवस्थामा पनि हरियो खुर्सानीमा रक्तचापको स्तर नियन्त्रण राख्ने गुण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्