Logo

म्यानचेस्टर सिटी शीर्ष स्थानमा



Spread the love

३१ असार, काठमाडाैँ – विश्व फुटबलमा क्लबहरूको वरियतामा क्लब म्यानचेस्टर सिटीले  पहिलो स्थान पाउनसफल भएको छ ।फाइभथर्टीएट डटकमले सार्वजनिक गरेको वरियतामा सिटी शीर्ष स्थानमा रहन सफल भएको हो ।

वरियताको दोस्रो स्थानमा जर्मन क्लब वायर्न म्युनिख रहँदा इंग्लिस क्लब लिभरपुल तेस्रो, स्पेनिस क्लब बार्सिलोना चौंथो र चेल्सी पाँचौं स्थानमा रहन सफल भएका छन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छैटौं, स्पेनिस क्लब रियल मड्रिड सातौं, स्पेनिस एट्लेटिको मड्रिड आठौं,ग्रिसको ओलम्पिकास नवौं र डच क्लब आयाक्स दशौँ स्थानमा रहेका छन् ।

टप टेनमा नपरेको युभेन्ट्स १५ औं स्थानमा रहँदा  म्यानचेस्टर युनाईटेड ३४, आर्सनल २८ , टोटेनहम १२ औं स्थानमा रहन सफल भएका छन्  ।

प्रतिक्रिया दिनुहोस्