Logo

अविश्वासको प्रस्तावमाथि साउन ६ मा छलफल हुने



Spread the love

असार ३१ , काठमाडौं ।

Samsad

नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस र नेकपा संयुक्त तीन दल मिलेर संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावमाथि यही साउन ६ गते छलफल हुने भएको छ। माओवादीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई नेपाली काङ्ग्रेससँग मिलेर सरकार ढाल्न लागेको हो। प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘ प्रचण्ड’ छन भने समर्थकमा काङ्ग्रेस सभापति शेर बहादुर देउवा रहेका छन्। संसदका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार प्रस्तावमा असार ६ गते छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले मिति तोकेकी छन्। साउन ६ गते बस्ने बैठकमा प्रस्तावक प्रचण्डले सभामुखसमक्ष प्रस्ताव पेस गर्नेछन र छलफलको लागि समय माग्नेछन। त्यसपछि सभामुखले समय निर्धारण गर्नेछिन। संसदमा हाल कायम ५९७ सदस्यहरुबीचको छलफलपछि प्रधानमन्त्रीले सांसदमा उठेका प्रश्नको जवाफ दिनेछन र मतदान हुनेछ। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न २९८ मत आवश्यक छ र त्यो मत जुटाउन माओवादीले नेपाली काङ्ग्रेस, मधेसी दल र नेकपा संयुक्तबीच सहमति भईसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्