Logo

साउने संक्रान्तिको दिन कुन कुन सामाग्री खरिद गर्दा शुभ ?



Spread the love

हरेक वर्षझैं यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति)को रुपमा मनाइन्छ । यो दिनदेखि सूर्य उत्तरी गोलार्दबाट दक्षिणि गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।

कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फफूल चढाएर आज कण्डारक नामक राक्षसको पूजा गरिन्छ । भनिन्छ, कण्डारक रातको समयमा  हिँड्ने गर्दथ्यो । विधि पुर्याएर पूजा गरी बलेको अगुल्टो फालेपछि बर्खाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने साथै कण्डारक समेत भाग्ने शास्त्रीय मान्यता रहि आएको छ ।

असार महिनाभरि खेतीपाती गरेर किसानहरु विश्राम लिईरहेका हुन्छन् । यसैकारण साउने संक्रान्तिलाई  लुतो फ्यालेर यसलाई ‘अनिकाल हटाउने’ पर्वको रुपमा मनाइन्छ ।

साउन महिनाभर विवाहित महिलाहरु साउने संक्रान्तिदेखि सौभाग्यको प्रतीक, वस्त्र पहिरिने र प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आरधना गर्छन् ।

श्रावण महिनाको पहिलो दिन कुन कुन सामान खरिद गर्दा शुभ ?

१. त्रिशूल :
त्रिशूल भगवान शिवको हातमा कहिल्यै छुट्दैन । यो ३ देव एवं तीन लोकको प्रतिक हो । अत: श्रावण महिनाको पहिलो दिन  चाँदीको त्रिशूल खरिद गर्नु निकै राम्रो मानिन्छ ।

२. रुद्राक्ष:
सुख, सौभाग्य, समृद्धि तथा मनको पवित्रताको लागि रुद्राक्ष घरमा राख्नु उत्तम मानिन्छ । आज चाँदीमा छुवाएर रुद्राक्ष लगाउँदा अत्यन्त फलदायी हुनेछ ।

३. डमरु:
डमरु भगवान शिवको पवित्यर वाद्य यन्त्र हो । डमरुबाट  निस्किएको आवाज नै पहिलो भाषा हो समेत भन्ने गरिन्छ । डमरु बज्दा एक मिठास आउँछ । विश्वास गरिन्छ डमरु बजाउँदा स्मपूर्ण नकारात्मक शक्तिहरु टाढा भाग्छन् । साउने संक्रान्तिमा खरिद गरेर घरमा ल्याई साउनको मसान्तमा कुनै बच्चालाई यस डमरु उपहार स्वरूप दिनु निकै राम्रो मानिन्छ ।

४. चाँदीको नन्दी :
नन्दी  भगवान शिवको गण एवं वाहान हो । आजको दिन चाँदीको नन्दी घरमा भित्राउँदा आर्थिक संकटबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।

५. जल पात्र : जल भगवान शिवको अत्यन्त प्रिय वस्तु हो । यदि सक्नुहुन्छ भने तपाइँहरुले गंगाजल ल्याएर घरमा राख्नु उत्तम हुनेछ । यदि यो सम्भव छैन भने चाँदी, पित्तल या तामाको पात्रमा स्वच्छ निर्मल जल भर्न सक्नुहुनेछ । र, सोहि पात्रबाट महिनाभर हरेक बिहान शिवलाई जल अर्पण गरेमा धन आगमनको प्रबल सम्भावाना रहन्छ ।

६. सर्प :
भगवान शिबको घाँटीमा सर्पराज हर समय रहन्छ । अत: श्रावण महिनाको पहिलो दिन चाँदीको नाग-नागिन  घर भित्राउँदा तपाइँले  पितृ दोष साथै सर्प योगबाट मुक्ति पाउनुहुनेछ ।

७. चाँदीको भाडोमा खरानी :
कुनै पनि शिव मन्दिरमा गएर चाँदीको भाडोमा खरानी राखेर घर ल्याउनु पनि पवित्र मानिन्छ ।

८. चाँदीको कडा :
भगवान शिव खुट्टामा चाँदीको कडा धारण गर्दछन् । आजको दिन यसलाई खरिद गर्दा विदेश यात्रा एवं शुभ योग बनिरहनेछ ।

९. चाँदीको चन्द्र वा मोती :
भगवान शिवको शिरमा चन्द्रमा विराजमान छ । अत: आजको दिन चाँदीको चन्द्रमा  ल्याई पुजा गर्दा मोती मिल्ने योग रहन्छ ।

१०. चाँदीको बेल पत्र  :
भगवान शिवलाइ श्रावण महिनाभर बेल पत्र अर्पण गर्ने गरिन्छ । तीन पात भएको बेल पत्र मात्र शुद्ध(अखण्डित) बेल पत्र हो । हर समय शुद्ध बेलपत्र पाउन मुस्किल पर्न सक्छ । यस्तो भएमा चाँदीको बेलपत्र पनि प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्