Logo

प्रधानमन्त्री कार्यालयका कर्मचारीहरु द्वारा सुजन कवरलाइ सहयोग प्रदान



Spread the love

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कर्मचारीले सल्यानी युवा संजालको नेतृत्वमा भैइरहेको सुजन कवर बचाउ अभियानलाइ आर्थिक सहयोग गरेका छन् ।

प्रधानमन्त्री कार्यलयका स्टाफ तथा सल्यानी लोक गायक यज्ञ राज बुढाथोकी “शिशिर” र लाल बहादुर वलीको सक्रियतामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कर्मचारीहरु बाट बालक सुजन कवर बचाउ अभियानको लागि रु. अठ्ठाईस हजार छ सय बिस संकलन भएको छ ।

उक्त रकम सल्यानी युवा संजालका संयोजक सुदर्शन बुढाथोकीलाइ यज्ञ राज बुढाथोकी र लाल बहादुर वलीले हस्तान्तरण गरेका छन् । बिगतमा पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कर्मचारीहरुले भुकम्प पीडित, बागमती सरसफाइ अभियान,बाढी पीडित लगाएतलाई सहयोग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्