Logo

सिटीको शानदार जीत



Spread the love

२ श्रावण, काठमाडाैँ –  मैत्रीपूर्ण खेलमा म्यानचेष्टर सिटीले शानादर जित निकालेको छ । बुधबार भएको खेलमा सिटीले वेस्ट ह्याममाथि ४–१ को शानदार जित निकालेको हो ।

२६ औ मिनेटमा मार्क नोबेलले गोल गर्दै वेस्ट ह्यामलाई  सुरुवाती अग्रता दिलाए । तर ३३ औँ मिनेटमा डेबिड शिल्भाले गोल गरेपछि सिटि खेलमा फर्कियो ।

अन्ततः सिटीका लागि लुकास नेमेचा र रहिम स्टर्लिङले गोल गर्दा सिटि ४–१ ले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्