Logo

एट्लेटिको मड्रिडमा डिफेन्डर हेर्मोसो



Spread the love

३ श्रावण, काठमाडाैँ – स्पेनिस क्लब स्पानियोलका डिफेन्डर मारियो हेर्मोसो एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । एट्लेटिकोले बिहिबार स्पेनिस डिफेन्डर मारियोसँग औपचारिक सम्झौता गरेको छ । एट्लेटिको र हेर्मोसोबीच ५ बर्षे सम्झौता भएको छ ।

रियल मड्रिडको एकेडमीका उत्पादन २४ वर्षे डिफेन्डर मारियोले २०१७-१८ को सिजनबाट शीर्ष डिभिजन लिगमा डेब्यु गरेका हुन्।

मारियोले स्पानियोलबाट ५४ खेलमा ४ गोल गरेका थिए ।

एट्लेटिकोले बुधबार टोटेनहमका डिफेन्डर केरिन ट्रिपियरलाई अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्