Logo

अक्षय कुमारको ‘मिसन मंगल’को ट्रेलर सार्वजनिक



Spread the love

एजेन्सी । बलिवुडका खिलाडी उर्फ सुपरस्टार अक्षय कुमारको नयाँ फिल्म मिसन मंगलको ट्रेलर सार्वजनिक भएको छ ।

विहिबार(हिजो) सार्वजनिक भएको ट्रेलरमा अक्षय कुमार वैज्ञानिकको भूमिकामा देखिएका छन् । पछिल्ला बर्षहरुमा अत्यन्त सफल फिल्ममा अभिनय गरेका अक्षयको यो फिल्म भारतको स्आवतन्गात्मीर दिवस अर्थात् अगस्ट १५ मा रिलिज हुदै छ ।

जगन शक्तिले निर्देशन गरेको यस फिल्मका निर्माता आर बाल्की हुन् । साथै यस फिल्मलाई फक्स स्टारले निर्माण गरेको हो ।

यस फिल्ममा अक्षय का अलावा तपसी पन्नु, विद्या बालन, सोनाक्षी सिन्हाको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्