Logo

जान्नुहोस् खानुअघि ध्यान दिनु पर्ने यी चिजहरू



Spread the love

हाम्रो बानी के हुन्छ भने केही चिज देखेमा वा खान मन लागेमा हामी त्यसलाई प्राप्त गरी खाई हाल्ने गर्दछौँ l अलिकति पनि सोच्दैनौ कि त्यो खानु उचित हो वा अनुचित जसका कारण हामी विभिन्न रोगहरूको सिकार हुन् पुग्दछौँ l त्यसैले थाहा पाई राख्नुहोस् यी चिजहरू जसलाई खानुअघि ध्यान दिनै पर्दछ l

आँप
अहिले आँपको सिजन भएकाले बजारमा जथाभावी थरी-थरिका आँप पाइने गर्दछ । तर हामीले खाने ती आँपहरू प्राकृतिक रूपमै पाकेका हुन् कि जबर्जस्ती पकाइएको हो भन्ने कुरामा ध्यान दिनु जरुरी छ ।

स्याउ
नियमित रूपमा स्याउको सेवन गर्नाले हामी स्वस्थ रहन छौँ l त्यो त सबैलाई थाहा भएकै कुरा हो तर हामीले स्याउ खानुअघि त्यसको बोक्रालाई तासेर फ्यालिदिनु आवश्यक पर्दछ l जसले गर्दा उक्त स्याउ विषादीरहित हुने गर्दछ ।

आलु
हामीले खाने गरेको आलुको बोक्रालाई राम्ररी तासेर धुनुपर्छ । त्यसरी धोएको आलुलाई काटेपछि कम्तीमा २० मिनेट पानीमा भिजाएर राखी मात्रै एक पटक राम्ररी पखालेर पकाउनुपर्छ ।

गोलभेँडा
हामीले खाने गरेको गोलभेँडा काँचो खानु राम्रो मानिँदैन । खानै परेमा राम्ररी धोएर मात्र खानुपर्छ । सकेसम्म गोलभेँडालाई पकाएर मात्र खाने बानी बसाल्नुपर्दछ ।

पालुङ्गो
पालुङ्गोमा पनि पेस्टिसाइडको मात्रा बढी हुन्छ । त्यसैले पालुङ्गो पकाउनुभन्दा अघि पानीमा राम्ररी पखालेर सुख्खा भएपछि त्यसलाई मसिनो टुक्रा पारेर पकाउनुपर्छ ।

गाजर
काँचो गाजर खानुभन्दा अघि सफा पानीले राम्ररी पखाल्नु पर्छ । गाजरलाई पखालेपछि तास्न पनि सकिन्छ । यदि गाजरलाई पकाउने हो भने केही समय नुन पानीमा डुबाउन पनि सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्