Logo

जानी राखौं भगवान शिवको प्रिय वनस्पति श्रीवृक्षको फाइदाहरु



Spread the love

काठमाडौं । बेल अर्थात् श्रीवृक्ष भगवान शिवको प्रिय वनस्पति हो । शिवको पूजा गर्दा बेलको पात अर्थात बेल पत्र अनिवार्य चाहिने गर्छ । बेलपत्रको रस दिनहुँ एक चम्चाको दरले पिउने गरेमा दमको रोग, खोकी लागेको, छाती दुखेको, साथै ज्वरो आएको निको हुने गर्छ ।

श्रीवृक्षसँग जोडिएको धार्मिक विश्वासहरु :

१. श्रीवृक्षलाई श्रीवृक्षको नामले जानिन्छ । बेलको जरालाई नित्य पुजा गर्नुले माता लक्ष्मीको साक्षात्कार हुने जनविश्वास रही आएको छ ।

२. श्रीवृक्षलाई पवित्र मनले पुजा गरेमा दरिद्रता हट्ने छ । शिवभक्तले  घिउँ, खीर, मिष्ठान दान गर्दा  धनलाभ हुने छ ।

३. श्रीवृक्षलाई नित्य पुजा गर्दा सबै प्रकारको पाप मुक्त हुनेछ भने भगवान शिवको कृपा प्राप्त हुने छ ।

४. फूल, धतुरो एवं पाती चढाएर बेलको रुखलाई पुजा गर्दा सन्तानलाभ हुनेछ । साथै सुखशान्ति पनि घर भित्रिने छ।

५. बेलको जराको माटो आफ्नो निधारमा लगाउँदा तिर्थयात्राको सम्भावना बढ्छ ।

६. बेलपत्रलाई पिधेर सफा पानीमा उमालेर पिउँदा शरीर र मन दुवै स्वस्थ रहन्छ । विभिन्न रोग निदानका लागि आयुर्वेदिक औषधिको रुपमा यसलाई अमृत समान हेरिन्छ ।

प्रतिक्रिया दिनुहोस्