Logo

नगरपालिकाले गर्यो विपन्न परिवारलाई ग्यास सिलिण्डर र चुल्हो वितरण



Spread the love

 

४ साउन, राैतहट । रौतहटको कटहरिया नगरपालिकाले ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको छ ।

नगरपालिकाले धुवाँमुक्त नगर बनाउने उदेश्यले नगर भित्र रहेका विपन्न समुदायका परिवारलाई ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरेको हो ।

कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुश्वाहाका अनुसार दाउराको अभाव रहेको समयमा बन तथा वातावरणलाई असर नपर्ने तथा धुवाँबाट स्वास्थ्यमा विभिन्न समस्या देखा नपर्ने गरी ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरिएको जानकरी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्