Logo

यस्ता छन् कालो नुन अर्थात् बिरे नुनका अदभुत् फाइदाहरू



Spread the love

कालो नुन अर्थात् बोलीचाली भाषामा बिरे नुन भन्दछौ जसको प्रयोग हामीले गर्दै आईरहेका छौ । यसमा आइरन, सल्फ्युरसजस्ता धेरै खनिज पदार्थ पाइने हुनाले जसको सेवनले हार्मो स्वास्थ्यमा धेरै फाइदाहरू गर्दछ ।

जानौँ कालो नुनका फाइदाहरू के – के हुन् :

  • अपच, कब्जियत, एसिडीटी जस्ता समस्या छ भने एक गिलास पानीमा कागतीको रससँगै यो नुन हालेर पिउनाले राहत मिल्छ ।
  • मांसपेशी र जोर्नी दुख्दा बिरे नुनलाई एउटा कपडामा बाँधेर यसलाई तातो बनाएर दुखेको ठाउँमा दिनको दुई पटक सेक्नाले दुखाईमा राहत मिल्छ ।
  • कालो नुनमा आइरन तथा क्याल्सियम पाइन्छ, जसको प्रयोग गर्नाले रक्तअल्पता कम गरी हड्डी बलियो बनाउन मद्दत गर्छ ।
  • यसको नियमित प्रयोग गर्नाले छाला चाउरीन नदिई साथै छालामा आउने खटिरा तथा डण्डीफोर आउन पाउँदैन ।
  • यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागती पानी सँगै प्रयोग गर्नाले भोक बढाउँछ ।
  • कालो नुनमा सोडियम कम हुने हुनाले यसले यसैले मधुमेहका बिरामीका लागि अति उपयोगी हुन्छ ।
  • एक गिलास पानीमा एउटा कागती निचोरेर स्वाद अनुसारको नुन हालेर पिउनाले शरीरमा बोसो जम्मा हुन नदिई तौल घटाउन मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्