Logo

राजधानीमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु



Spread the love

४ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिका २७ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढानीलकण्ठ बस्ने ३५ वर्षीय सञ्जय ठकुरी रहेको छ । शनिवार ना ३ ख ७५६१ नम्बरको टिपरले बा.९२ प ६५६५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि स्कुटर चालक सञ्जय र सवार विशाल लुइँटेल गम्भीर घाइते भएका थिए । घाइते सञ्जयको उपचारको क्रममा नेशनल अस्पताल कलङ्कीमा मृत्यु भएको हो भने विशालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिइएको छ ।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्