Logo

प्रियङ्का जेल जान तयार



Spread the love

४ साउन, भारत – भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छिन् ।

गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन् ।

“पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,” उनले ट्विटरमा लेखेकी छिन् । उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरेकी छिन् ।

आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्