Logo

राजेन्द्र  किशोर क्षेत्री मुख्य सचिव



Spread the love

काठमाडौं २९, असार –  सरकारले सचिव राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले रिक्त मुख्य सचिव पदमा सहकारी तथा गरिबी निवारण सचिव रहेका राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि क्षेत्री उर्जामन्त्रालयको सचिव रहेर काम गरिसकेका थिए ।
मुख्य सचिव रहेका सोमलाल सुवेदी नेपालको तर्फबाट एडिबीको उपकार्यकारी निर्देशक बनेर फिलिपिन्स गएपछि रिक्त रहेको मुख्य सचिव पदमा सरकारले सचिव क्षेत्रीलाई ल्याएको हो ।त्यसैगरी बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्डबाट प्राप्त २ अरब ३६ करोड र जापान सरकारबाट प्राप्त २७ करोड ४७ लाख रुपैया अनुदान सहयोगलाई स्वीकृत गरेको छ । सरकारले सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धी बार्षिक बैठक नेपालमा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्