Logo

कस्मेटिक पसलमा आगलागी



Spread the love
Fuoco 4

५ साउन, काठमाडाैँ – काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासीकोटस्थित एक कस्मेटिक पसलमा आगलागी भएको छ ।

शनिबार राति ९ः१५ बजेको समयमा बन्द गरिएको नारायणी सिटौलाको कस्मेटिक पसलमा आगलागी भएको प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । उनका अनुसार विद्युत् चुहिएर आगलागी भएको अनुमान गरिएको छ ।

आगलागीबाट झण्डै रु सात लाखको क्षति भएको जनाइएको छ । दमकलको सहयोगमा प्रहरी र स्थानीयले केहीबेरअघि आगो नियन्त्रणमा लिएको उनले जानकारी दिनुए ।

प्रतिक्रिया दिनुहोस्