Logo

मोटरसाइकलमा आएका बन्दुकधारी समुहले ८ पाकिस्तानीको ज्यान लिए, ३० सख्त घाइते



Spread the love

एजेन्सी ।  पाकिस्तानको उत्तरपूर्वी शहर डेरा स्माइली खानमा आइतबार बिहान भएको आक्रमणमा परि ८ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

मोटरसाइकलमा आएका बन्दुकधारी समुहले सर्वप्रथम प्रहरी चौकीमा आक्रमण गरि दुई प्रहरी अधिकृतको हत्या गरेको जिल्ला प्रहरी अधिकृत सालिम रियाजले बताएका छन् ।

“मृत प्रहरी जवानहरुको शव सरकारी अस्पताल तर्फ लैजाँदै गर्दा एक व्यक्तिले बम धमाका गराई स्थितीलाई थप जटिल बनाए ।” जिल्ला प्रहरी अधिकृत रियाजले अल जजिरालाई बताए । “उक्त आक्रमणलाई काबूमा लिन खोज्दा  दुई व्यक्ति फाइरिङको क्रममा मृत्यु हुन् पुग्यो साथै  ४ जना सर्वसाधारणको पनि अस्पातल आसपास नै हत्या गरियो ।”, उनले बताए ।

“करिब ७ किलो विस्फोटक पदार्थ प्रयोग गरिएको थियो । र, विस्फोट गराउने महिला थिइन् ।” रियाजले बताए ।

ताहरिक -ए-ताइबन नामक पाकिस्तानी समूहले घटनाको जिम्मेवारी लिएको छ । पाकिस्तानमा यस समुह सन् २००७ देखि देशको इस्लामिक कानुन परिवर्तनको माग राख्दै आतंक मच्चाउँदै आइरहेको छ  ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्