Logo

सर्लाहीमा ट्याक्टर दुर्घटना : १ बालकको मृत्यु



Spread the love

५ साउन, सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–४ मा ट्याक्टरबाट खसेर एक बालकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ८ वर्षीय छोरा मनिस कुमार राय रहेका छन् । गणेशीया नहरको पुलमा मलङ्गवाबाट मोतिपुरतर्फ जाँदै गरेको ज २ त ८५२  ट्याक्टरबाट खसेर गम्भीर घाईते भएका थिए । भने उनलाई उपचारका लागि मलङ्गवा ल्याउनेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिईएको छ ।

मृतकको बलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याईएको र दुर्घटनाको सम्वन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्