Logo

तनाव भनेको के हो ? कसरी पाउने छुटकारा ?



Spread the love
 

तनाव हाम्रो सँगैको साथी हो l जसले हाम्रो साथ कहिले पनि छाडेर जादैंन l किनकि प्रत्येक व्यक्तिमा तनाव हुने गर्दछ l कसैले मित्रले के छ खबर भनेर सोध्यो भने पनि हामी भन्ने गर्दछौँ तनाव छ यार l आज दिमागले कामै गर्न सकेको छैन, साह्रै तनाव भयो… । भुरा देखि बुढासम्मलाई हुने गर्दछ तनाव l उक्त कारण तनाव हाम्रो जीवनको साथी हो l जसले हामीलाई पछ्याई रहन्छ र हाम्रो साथ कहिले पनि छाडेर जादैंन l तर महिला र पुरुषबीच सम्मान तनाव भने हुँदैन l एउटा अनुसन्धानले के देखाएको छ भने पुरुषको तुलनामा महिलाहरू बढी चिन्ता लिने र तनावमा आउने गर्दछन् l त्यस कारण पुरुषको तुलनामा महिलाहरूको स्वास्थ्यमा तनाव र चिन्ताले नकारात्मक प्रभाव पारिरहेको हुन्छ । जसले गर्दा हृदयघातबाट मृत्यु हुने पुरुषहरू ३८ प्रतिशत छन् भने महिलाहरूको सङ्ख्या ४७ प्रतिशत रहेको छ ।

तनाव किन हुन्छ ?

प्रत्येक व्यक्तिहरूमा तनाव हुने कारणहरू प्रशस्त छन् । सोच जस्तो काम नहुनु, कामको चाप बढ्नु, आर्थिक रूपले समस्या पर्नु, प्रतिस्पर्धात्मक जीवनशैली अपनाउन थाल्नु, घरपरिवार तथा अफिसको कामको दोहोरो जिम्मेवारी वहन गर्नु, करियर र पारिवारिक सम्बन्धलाई सन्तुलन राख्न नसक्नु जस्ता कारणहरूले गर्दा हामीमा तनाव उत्पन्न हुने गर्दछ । एउटा अध्ययनले के देखाएको छ भने पुरुषको तुलनामा महिलालाई बढी तनाव हुने गर्दछ l आउनुहोस् चर्चा गरौँ आखिर कुन-कुन कुराले गर्दा बढी तनाव हुने गर्दछ महिलाहरूलाई l

वास्तवमा भन्नु पर्दा पुरुषको तुलनामा महिलाहरू बढी संवेदनशील तथा भावुक हुन्छन् । सो कारण सुख, दुःख, रिस, पीडा, मानसिक तनाव तथा डिप्रेसनको प्रभाव पनि महिलामा नै बढी पर्ने गर्दछ ।

विवाहित तथा कामकाजी महिलालाई अझ बढी तनाव हुन्छ । उनीहरूले एकातिर कार्यालयमा समेत उत्कृष्ट काम गरेर देखाउनु पर्ने दबाब हुन्छ भने श्रीमानको परिवारका सदस्यबीचको सम्बन्धलाई समेत सन्तुलित बनाउनु पर्ने बाध्यता उनीहरूमा रहन्छ । त्यसैले उनीहरूमा बढी तनाव हुने गर्दछ l

कामकाजी महिलालाई कार्यालयमा कामको तनाव त हुन्छ नै, साथै घर आएपछि घरको सबै प्रकारको काम गर्नु पर्ने भएकाले उनीहरू शारीरिक तथा मानसिक रूपमा समेत थाक्छन् । त्यही थकान नै तनावको कारण बन्दछ ।

एउटी महिलाले परिवारका लागि ज्यान दिन तयार हुन्छे तर जब परिवारबाट सोही किसिमको अपेक्षा उसले प्राप्त गर्दिनँ तब उनको तनाव त्यसै-त्यसै बढेर जान्छ ।

पुरुषहरूले सानो तिनो कुरामा खासै चासो नदेखाउनका साथै कम तनाव लिन्छ भने महिलाहरूले सोही सानोतिनो कुरालाई ठुलो सोची बढी तनाव लिने गर्दछन् l

एउटा तथ्याङ्कले के देखाएको छ भने पुरुषहरू साना-तिना कुराहरूलाई खासै वास्तै गर्दैनन्, तर अधिकांश महिलाहरू स-साना कुरामै तनावमा आउँछन् ।

महिलाहरू खाली एउटै कुरामा एकोहोरा भएर लागिरहने स्वभाव भएकाले पनि उनीहरूमा बढी तनाव देखा परेको हो ।

तनावका नकारात्मक असरहरू

यदि हाम्रो तनाव लिने बानी छ भने विभिन्न प्रकारका शारीरिक समस्याहरू देखा पर्छन् । जस्तै कि कमजोरी हुनु, टाउको दुख्नु, पेटसम्बन्धी समस्या देखापर्नु, वाकवाकी लागे जस्तो हुनु ।

मुटुका धड्कन छिटो-छिटो बढ्नु, राम्ररी निद्रा नपर्नु, चिडचिडाहट हुनु, एक्लोपन महसुस हुनु, शारीरिक रूपमा थकान अनुभव गर्नु आदि तनाव भएपछि हुने शारीरिक लक्षणहरू हुन् ।

कसरी पाउने तनावबाट छुटकारा ?

हुन् त तनाव कुनै किसिमको रोग होइन l तर तनाव कै कारण धेरै वटा रोगहरूको कारण भने बन्न सक्छ । त्यसैले सकेसम्म हामी तनावमुक्त भएकै राम्रो हुन्छ । हेर्नुहोस् तनावमुक्त रहने केही सामान्य तरिकाहरुः

प्रत्येक व्यक्तिमा आ-आफ्नै समस्या हुने गर्दछ । त्यसैले स-साना समस्यामा आत्तिएर तनाव लिने बानी बसाल्नु हुँदैन l

यदि तपाईँ कुनै पनि कुराले तनावग्रस्त हुनु हुन्छ भने सो तनावको कुरा आफ्नो नजिकको व्यक्तिलाई सुनाउनुहोस् । जसले गर्दा तपाईँमा भएको तनाव ७० प्रतिशत घटेर जाने गर्दछ ।

यदि तपाईँ तनावमा हुनु हुन्छ भने तपाईँ रुन अथवा हाँस्न मन लाग्यो भने, मन खुलेर गर्नुहोस् । यसो गर्नाले पनि तनावबाट मुक्त हुन सकिनेछ ।

ध्यान, योगा, व्यायाम आदिले तनावलाई कम गर्न सहयोग पुर्याउनका साथै मनिङ वाक गर्नाले पनि तनाव कम गर्न सकिनेछ ।

तनावग्रस्त भएको बेला फुर्सदमा बस्नु हुँदैन । केही न केही काम गरेर बस्नुहोस् । जसले गर्दा तपाइको ध्यान काम तिर जाने गर्दछ l

प्रतिक्रिया दिनुहोस्