Logo

के तपाईँ निरोगी बन्न चाहनुहुन्छ ? अपनाउनुस् यी टिप्सहरु



Spread the love

भनिन्छ स्वास्थ्य नै धन हो । मानिसहरूले जीवनमा सफल हुनका लागि जति सङ्घर्ष गर्छौ त्योभन्दा बढी सङ्घर्ष निरोगी बन्नको लागि गर्नु पर्दछ ।किनकि यदि हामी स्वास्थ्य भयौं भने त निरोगी जीवन बिताउन सक्छौ त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनु अत्यन्तै जरुरी छ किन भने हामीहरुले आफ्नो स्वास्थ्यको ख्याल नगरेकै कारण विभिन्न रोगरुले ग्रसित भइरहेका हुन्छौ । स्वस्थ जीवनशैलीले मात्रै जीवन सुखमय बनाउँछ । जसका लागि हामी निरोगी हुन अति आवश्यक छ । त्यसैले हाम्रो स्वास्थ्य निरोगी बनाउनको लागि जनिराखौ यी टिप्सहरु :

के गर्ने

बिहान व्यायाम गर्नु स्वास्थ्यको लागि अति उत्तम हुन्छ ।

भिटामिन, पोषण र खनिज युक्त सन्तुलित मौसम अनुसारका फलफुल र तरकारी खानु पर्दछ ।

बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने ।

आफ्नो परिवार सँग सुखरदुःख सेयर गर्ने , टाईम मिलाएर कहिले काहीँ परिवारसँग घुमफिर गर्ने ।

माशाहरी खाना भन्दा शाकाहारी खानपान गर्नु राम्रो हुन्छ ।

हामीले जहिले पनि सकारात्मक सोचाई राख्ने बनी बसाल्नु पर्दछ ।

प्रार्थना, पूजापाठ गर्ने ।

मोटोपनले विभिन्न रोगहरू निम्त्याउने हुनाले मोटोपना कम गर्ने

के नगर्ने

रक्सी, चुरोट र सुर्ती सेवन नगर्ने ।

प्याक गरिएका खाना सेवन नगर्ने ।

खाना खाने बित्तिकै नसुत्ने ।

तारेको खाने कुराहरू अत्यधिक मात्रामा नखाने ।

आफूले जुन सुकै कार्य गर्दा आफूलाई कमजोर सम्झिनु हुँदैन ।

खानामा खादा नुन धेरै प्रयोग गर्नु हुँदैन ।

चिया/कफी धेरै मात्रामा नपिउने ।

रातीको खाना ७ बजेभन्दा ढिलो नखाने ।

प्रतिक्रिया दिनुहोस्