Logo

उपराष्ट्रपति पुन स्वागत समारोहमा



Spread the love

५ साउन, काठमाडौँ l उपराष्ट्रपति नन्दबहादुर पुन इजिप्टको स्वतन्त्रता दिवसका अवसरमा आज अपराह्न ललितपुुरमा आयोजित स्वागत समारोहमा सहभागी भए ।

नेपालका लागि इजिप्टका राजदूत इमन मोस्तफले आयोजना गरेको उक्त समारोहमा प्रधानसेनापति पूूर्णचन्द्र थापा, राजधानीस्थित कूूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकृत, उद्योगपति, व्यापारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

राष्ट्रिय दिवसकै सन्दर्भ पारेर आयोजना गरिएको ‘नेपाल र इजिप्ट स् सभ्यताका दुुई केन्द्र’ विषयको प्रदर्शनीको उपराष्ट्रपति पुनले अवलोकन गरे । राजदूत इमनले इजिप्ट र नेपालमा पाइने केही खनिजलगायत प्राकृतिक वस्तुुबारे उनलाई जानकारी गराएका थिए । रासस  

प्रतिक्रिया दिनुहोस्