Logo

सार्वजनिक शिक्षामा जोड



Spread the love
सांंकेतिक तस्बिर

६ साउन, काठमाडाैँ – सार्वजनिक शिक्षालाई जीवन उपयोगी बनाउन शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने विज्ञहरुले धारणा राखेका छन् । नेपाल वैकल्पिक अध्ययन समाजले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक शिक्षाः कहाँ चुक्यौँ हामी’ विषयक अन्तरक्रिया यामा विज्ञले व्यक्तिले आर्जन गरेको शिक्षा स्वयम् व्यक्ति, समाज र राष्ट्रका लागि उपयोगी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले सार्वजनिक शिक्षाको गुणस्तरमा वृद्धि गर्न विद्यार्थीको हरेक क्रियाकलापलाई ध्यानमा राखी परम्परागत सिकाइ प्रणालीलाई परिमार्जन गरेर मेरोबाट हाम्रो विद्यालय भन्ने भावनाको विकास गर्नुपर्ने बताए । सांसद रामकुमारी झाँक्रीले सार्वजनिक शिक्षामा सुधारको आवश्यकता रहेको बताइन् ।

समाजशास्त्री तिलक विश्वकर्माले शिक्षा समाजको आवश्यकता पूरा गर्ने खालको हुनुपर्ने बताए । हरेक व्यक्तिभित्र रहेको सीप, क्षमता र कलालाई बाहिर ल्याउन सक्ने शिक्षा आजको आवश्यकता भएको उनको भनाइ थियो । प्रा डा अभि सुवेदीले शिक्षालाई राजनीतिक दृष्टिकोणबाट हेर्ने चलनका कारण यसको गुणस्तर खस्कीएको बताए । “शिक्षालाई उपयोगी बनाउन पाठ्यक्रमलाई समयको मागअनुसार परिवर्तन गर्नुपर्छ”, सुवेदीले भने ।

प्रतिक्रिया दिनुहोस्