Logo

आज ३७ औं वीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरी आज मनाइँदै



Spread the love

काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गर्ने गर्दछन् ।

नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।

प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता वि.पी. कोइराला स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् । उनको २०३९ साउन ६ गते निधन भएको थियो ।

यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गर्दै एक ट्वीट गरेका छन् ,‘‘नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा ख्यातिप्राप्त साहित्यकार बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा स्वर्गीय कोइरालाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । समृद्ध नेपाल निर्माण अभियानमा अग्रसर हुन यस अवसरमा सबैलाई आह्वान गर्दछु । ’’

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्