Logo

के तपाईँ व्रत बस्नु भएको छ ? जान्नुहोस् यसका फाइदाबारे



Spread the love
 

साउन महिना सुरु भएसँगै विशेष गरी महिला र युवती सोमबारको व्रत बस्ने गर्छन् । कतिपय महिलाहरू त भगवान् शिवलाई खुसी राख्नका लागि महिनाभरीका लागि नै व्रत बस्दछन् । तर के तपाईँलाई थाहा छ व्रत बस्नुका फाइदाहरू ? यदि थाहा छैन भने जान्नुहोस् व्रत बस्नुका फाइदाहरू :

शरीरको शुद्धिकरण
यदि तपाईँ व्रत बस्नु हुन्छ भने तपाइको शरीर शुद्ध हुनका साथै शरीरबाट विषालु तत्त्व बाहिर निस्कन्छन् । उक्त कारण व्रत बस्नु फाइदाजनक रहन्छ l

तौल कम हुने
के तपाईँ मोटोपनाबाट चिन्तित हुनु हुन्छ ? यदि हुनु हुन्छ भने व्रत बस्नुहोस् जसले गर्दा शरीरमा यस्ता हर्मोनको श्राव हुन्छ जसले फ्याटी टिस्यूलाई तोड्न मद्दत मिल्छ । अर्थात् तपाईँको तौल कम हुनसक्छ ।

शरीरलाई विभिन्न लाभ
व्रत बस्दा वा खाना खाने प्रक्रिया बिच लामो अन्तराल राख्दा शरीरलाई विभिन्न फाइदा पुग्छ । जो व्यक्ति नियमित रूपमा खाना खान्छन् उनीहरूको चालढाल सुस्त हुन्छ तर जो व्यक्ति उपवास बस्छन् उनीहरूको बुढेसकालमा पनि सतर्कता बढ्ने गर्छ र शरीर अत्यधिक फुर्तिलो हुन्छ ।

स्नायु प्रणालीमा सुधार
व्रत बस्दा हाम्रो शरीर हल्का महसुस हुनका साथै दिमागले पनि राम्रोसँग काम गर्छ । समग्रमा भन्नुपर्दा व्रतले सकारात्मक असर पुर्‍याउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्