Logo

के तपाईँलाई थाहा छ, पानीमा रुझ्दा हुने यी फाइदा बारे ?



Spread the love

जब आकाशबाट झरी पर्छ तब हामी ओत लाग्ने गर्छौँ l कहिले छाता ओढ़छौं त कहिले रेनकोट लगाउने गर्दछौँ l किनकि हामी बुझ्दछौँ कि पानी भिज्दामा विभिन्न समस्याको सिकार हुन् पुग्दछौँ जस्तै : ज्वरो आउने, खोकी लाग्ने र रुघा लाग्ने आदि l तर तपाईँले कहिले यो कुरा सोच्नु भएको छ, पानीमा रुझ्दा पनि स्वास्थ्यलाई फाइदाजनक हुन्छ भनी l त्यसैले थाहा पाउनुहोस् पानीमा रुझ्दा हुने यी फाइदा बारेl

  • सबेरै उठी आकाशबाट बर्षिएको पानीले मुख धुनाले अनुहारको छालाको रङ्ग सफा हुनुका साथै दागधब्बा पनि हटेर जाने गर्दछ l
  • आकाशबाट झरेको पानीले नुहाउनु पनि स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । आकाशबाट बर्षिएको पानीले नुहाउँनाले छालाको एकदमै राम्रोसँग प्राकृतिक तरिकाले सफाइ हुनका साथै छालामा रहेका सानातिना रोगहरू हटेर गई स्वस्थ पनि बनाउँदछ ।
  • जब वर्षात हुन्छ तब तपाईँ पानीमा रुझ्नुहोस् l जसले गर्दा तपाइको कपाल नरम र आकर्षक देखिनका साथै सकारात्मक परिवर्तन देखेर आफै चकित पर्नु हुनेछ ।
  • वर्षातको पानीलाई कुनै भाँडोमा जम्मा गरेर राख्ने अनि त्यो पानी बेलुका सुत्नु अघि छालामा लगाउने गर्नाले छाला नरम र दाग रहित बनाउनका साथै अनुहारको छालामा पनि सकारात्मक असर पुर्याउदछ l

प्रतिक्रिया दिनुहोस्