Logo

जनिराखौ स्वास्थ्यका लागि आवश्यक घरेलु जडीबुटीहरु के – के हुन् ? 



Spread the love

 

 

मान्छेको शरीरनै हो जुन सुकै बेला जेपनि हुन सक्छ कहिले काहीँ हामी सामान्य बिरामी भएउ भने अस्पताल जान मन गर्देनौ र कुनै अवस्था त्यस्तो पनि हुन्छ जुन समयमा हामी चिकित्सकहाँ जान सम्भव पनि हुन सक्छ । त्यस्तो आपतकालिन समस्या परेका बेला उपचारमा प्रयोग हुने घरेलु जडीबुटीहरु द्वारा पनि हामी उपचार गर्न सक्छौ । त्यसैले जनिराखौ स्वास्थ्यमा समस्या परेका बेला उपचारमा प्रयोग हुने घरेलु जडीबुटीहरु के – के हुन् ?

तुलसी

तुलसीले रोगका किटाणु नष्ट गर्न मद्दत गर्छ । खोकी र ज्वरो आएमा अलिकति कति पानीमा तुलसीको पात उमालेर खाएमा फाइदा हुन्छ । तुलसीले रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रित गर्नुको साथै यसको नियमित सेवनले वजन पनि घटाउँछ ।

ल्वाङ
ल्वाङमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइने हुँदा दाँत दुखाई , जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक हुन्छ ।

सुकुमेल

यदि तपाईँलाई सुक्खा खोकी लागेको छ छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल, तोरीको तेल र चिनी मिसाएर खानुपर्छ । जसले सहज महसुस हुन्छ ।

एलोभेरा (घिउकुमारी)

एलोभेराले शरीरको छाला पोलेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ । जुन हामीले औषधिको रूपमा प्रयोग गर्दै आइरहेका छौ ।

अदुवा

अदुवा हाम्रो भान्छामा दैनिक प्रयोग प्रयोग भइरहेको हुन्छ । यसले अनावश्यक ग्याँस फाल्न मद्दत गर्नुको साथै एक कप अदुवा चिया खाँदा पाचन पक्रियालाई सहज बनाउँछ ।

बेसार
सामान्य चोट लागेको ठाउँमा बेसार दल्ने चलन पहिले देखिने चल्दै आएको हो । र सन्चो पनि हुन्छ किन भने बेसारमा एन्टिसेप्टिक र एन्टि ब्याक्टेरियाजन्य तत्त्व पाइन्छ । साथै चिसो लागेको छ भने सुत्नु अगाडि तातो दूधमा केही अलिकति बेसार राखेर पिउनाले चिसो लागेको सन्चो हुन्छ ।

जाइफल
जाइफलको सेवनले धेरै समस्याबाट मुक्त हुन सकिन्छ । जस्तै : जाइफललाई दूधमा मिसाई पिउनाले निद्रा लाग्दछ , जीउ दुखेमा, हातगोडा गलेमा जाइफललाई पानी वा दूधमा पकाइ पिउनाले आराम मिल्छ , भोक नलाग्ने समस्या छ भने पनि जाइफको सानो टुक्रा चुस्नाले भोक बढी लाग्न थाल्दछ ।

लसुन

क्यान्सर रोगबाट बचाउने लसुनले रोग प्रतिरोध क्षमतालाई पनि बलियो बनाउँछ। एन्टिभाइरस र एन्टिव्याक्टेरियलयुक्त लसुनले रोग प्रतिरोध क्षमतालाई पनि बलियो बनाउनुको साथै यसको नियमित सेवनले आन्तरिक संक्रमणबाट बचाउँछ।

प्रतिक्रिया दिनुहोस्