Logo

कान्द्रा नदिमा झोलुङ्गे पुल बनेपछि स्थानियवासीलाई आवतजावतमा सहज



Spread the love

६ साउन, कैलाली । कैलालीको भजनी नगरपालिकामा रहेको कान्द्रा नदिमा झोलुङ्गे पुल बनेपछि स्थानियवासी निक्कै खुसि भएका छन् ।

वडा ९ र ४ को विच पहलवान घाटमा उक्त पुल वनेपछि वर्षेनी वर्खाको समयमा निक्कै जनधनको क्षेती खेप्दै आएका त्यस क्षेत्रका जनतालाई आवतजावतमा सहज भएको छ । नगरपालिकाको सहयोगमा २ वर्षमा निर्माण सम्पन्न भएपछि श्रावण महिनावाट पुल सञ्चालनमा आएको हो । पुल नहुँदा वडा नं. ९ ,५ र ७ को पहलवान, गन्जवा, पच्मुडिया,डोङ्गपुर, आमवारी, भुरुवा घाटबाट डुंगाको भरमा नदी वारपार गर्नुपर्ने वाध्यता रहेको स्थानियवासिले बताए । पुल बनेपछि अहिले ती घाटमा डुङ्गा संचालन बन्द भएका छन् ।

वडा नं. ९ का स्थानियवासी प्रेम वहादुर चौधरीले बर्खाको समयमा निक्कै जोखिम मोलेर बालबालिकाहरु विद्यालय जानुपर्ने वाध्यता रहेको वताउदै पुल बनेपछि अब स्थानिय वालवालिका ढुक्क सँग विद्यालय जान पाउने भएकोमा खुशी ब्यक्त गरे । विगतमा बर्खाको समयमा डुंगा पल्टीदा बालवालिकाले ज्यानै गुमाउनु परेको स्मरण गर्दै अव त्यो वाध्यता हटेको उनले बताएका छन् ।

पुल बनेपछि वडा नं. ४ का जनतालाई पनि वारपार गर्न सहज भएको छ । वडा नं. ४ का स्थानिय आशाराम चौधरीले पुल बनेपछि हुलाकी बाटो हुदै धनगढी जानलाई सहज भएको वताउनुभयो । वडा नं. ९, ५ र ७ का जनता प्रशासनिक कामकालागि, वजार किनमेल , स्वास्थ्यसेवा, विद्यालयका लागि नदी वारपार गर्नुपर्ने बाध्यता रहेको वताउदै चौधरीले अव त्यसकालागि जोखिमपुर्ण डुङ्गाको यात्रा गर्नु नपर्ने बताए ।

भजनी नगरपालिकाका नगर प्रमुख शेर वहादुर चौधरीले २०७४ साल जेठ महिनावाट झोलुंगे पुलको निर्माण कार्य शुरु गरि २०७६ साल असारमा काम सम्पन्न भएको बताउनु भयो । नगरपालिकाको एक करोड ३६ लाख वजेटमा निर्माण सम्पन्न उक्त पुल निर्माणको ठेक्का पोखराको स्वर्णिम निर्माण सेवाले लिएको थियो ।

तीन वटा वडाका विभिन्न घाटमा चल्ने डुंगावाट नदी वारपार गर्नुपर्ने जनताको बाध्यतालाई मध्येनजर गरि सबैको पायक पर्ने कान्द्रा नदीको पहलवान घाटमा झोलुंगे पुल निर्माण गरिएको हो । कान्द्रा नदिमाथि बनेको झोलुंगे पुल श्रावण महिनावाट संचालनमा आएपछि विभिन्न घाटवाट डुंगाको जोखिमपुर्ण यात्रा गर्नुपर्ने वाध्यता हटेको नगरप्रमुख चौधरीले बताएका छन् ।( रासस )

प्रतिक्रिया दिनुहोस्