Logo

भारतीय प्रधानमन्त्री मोदी अगस्टमा भुटान जाने



Spread the love

६ साउन, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही अगस्टमा भुटानको दुईदिने औपचारिक भ्रमणमा जाने भएका छन् ।

उनको भुटान भ्रमणले ‘छिमेक पहिलो’ नीतिप्रति मोदी नेतृत्वको भारतीय सरकारको उच्च प्रतिबद्धता प्रतिबिम्बित गर्ने भारतीय अधिकारीहरुले बताएका छन्। दुवै देशबीच रहेको विशिष्ट मैत्रीसम्बन्ध भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले अझै गतिशील र प्रगाढ हुने विश्वास भारतको छ ।

गत महिना भारतका विदेश मन्त्री एस जयशंकरले भुटानको दुईदिने भ्रमण गरेका थिए। विदेश मन्त्रीको हैसियतमा यो उनको पहिलो औपचारिक भुटान भ्रमण थियो ।

उक्त भ्रमणका क्रममा जयशंकरले भुटानी प्रधानमन्त्री लोटे छिरिङसँग भेटवार्ता गरी दुईपक्षीय सहयोगलाई अझ गति दिने सम्बन्धमा छलफल गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।( रासस )

प्रतिक्रिया दिनुहोस्