Logo

मोरङमा चट्याङ लागेर एकको मृत्यु



Spread the love

६ साउन, विराटनगर । मोरङको धनपालथान गाउँपालिका-३ सोराभागमा चट्याङ लागेर एकजनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ५० वर्षीय श्याम मण्डल रहेका छन् । उनको धान रोप्नका लागि खेतमा गोरु जोतिरहेको अवस्थामा चट्याङ लागेर घटना स्थलमै मृत्यु भएको र जोतिरहेका एक हल गोरु पनि मरेको इलाका प्रहरी कार्यालय रंगेलीले जानकारी दिईएको छ ।

मण्डलको शव जिल्ला अस्पताल रंगेलीमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइएको छ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्