Logo

दुर्घटनामा ९ को मृत्यु, १२ घाइते



Spread the love

६ साउन, नयाँ दिल्ली – भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । आइतबार राति भएको घटनामा परी अरु १२ जना घाइते पनि भएको प्रहरी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

तीब्र गतिमा आइरहेको एउटा सवारी साधनले अर्को गाडीलाई ठक्कर दिएर दुर्घटना भएको जनाइएको छ । उत्तर प्रदेशको राजधानी लखनउदेखि ५३६ किलोमिटर टाढा पर्ने हापुर जिल्लाको हाफिज्पुर भन्ने ठाउमा दुर्घटना भएको हो ।

प्रहरीले मृतक मध्ये केही बालबालिका पनि रहेको जनाएको छ । गाडी (भ्यान)मा रहेका यात्रु वैवाहिक कार्यक्रमबाट फर्किएका थिए ।“घाइतेको अस्पतालमा उपचार भइरहेको छ, उनीहरूलाई हापुरस्थित जिल्ला अस्पतालमा राखिएको छ,” एक प्रहरीले भने ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका केहीलाई भने मिरुत अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको, दोषीको खोजी भइरहेको र दोषीलाई कारबाही हुने दावी गरेको छ ।

प्रदेशका मुख्य मन्त्री योगी आदित्यले पनि मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

भारतमा चालकको लापरबाही, सडक नियमको उल्लङ्घन, सडकको खराब अवस्था, तीव्र गति, सवारी साधनको खराब अवस्था लगायतका कारणले धेरै दुर्घटना हुने गरेको छ ।

भारतमा सडक दुर्घटनाका कारण देशभरी औषतमा दैनिक चार सय जनाको मृत्यु हुनेगरेको सरकारी तथ्याङ्क रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्