Logo

सुन्नुहोस अडियो भिडियो, गुल्मीमा एमालेले १ भोट बराबर २५ हजार रुपैँया दिएको



Spread the love

 

यसरि हुदो रैछ भोट किनबेच।
यिनै हुन एमाले गुल्मिका जिल्ला सचिवालय सदस्य गणेश श्रीपाली जसले रेसुङ्गा नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि रु. २५,०००।- तत्काल र चुनाव जितेपछि
१,००,०००।- दिने शर्तमा भोट किन्न खोजेका थिए ।

कार्यपालिका निर्वाचनमा पनि पैसाको चलखेलः एक भोटका लागि २५ हजार नगद दिएको खुलासा ।

गुल्मी– स्थानीय निर्वाचन सकिए लगत्तै हुन गएको गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यपालिकाको निर्वाचनमा एमालेका एक स्थानीय नेताले कांग्रेसका एक जना कार्यकर्तालाई एक भोटका लागि २५ हजार रुपैयाँ दिएको नगद र अडियो प्रमाणसहित पर्दाफास गरिएको छ ।

नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन गरी एमालेका एक जना जिल्ला सचिवालय सदस्यले कांग्रेसबाट वडा नम्वर ५ मा विजयी वडा सदस्य धनबहादुर नेपालीलाई शुक्रबार विहान तम्घासको एक गोप्य स्थानमा बोलाई २५ हजार हातमा थमाई दिएको अडियो रेकर्ड र नगद सहित सार्वजनिक गरिएको हो ।

उक्त टेलिफोन कुराकानीमा भनिएको छ–‘अहिले २५ हजार लिन आउनुस्, कार्यपालिका जितियो भने एक लाख अरु दिइने छ , पैसाको पिरै नगर्नुस् ।’

कांग्रेस कार्यकर्ता नेपालीले आफू इमान्दार कांग्रेसजन भएकोले एमालेको पैसामा बिक्न नचाहेको तर अरु दलितहरु सचेत होउन् भनेर उक्त रकम लगेर कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीलाई दिएर सार्वाजनिक गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्