Logo

स्मरणशक्ति कायम राख्नका लागि हिँड्ने गर्नुहोस् दिनको नौ हजार पाइला



Spread the love

नियमित व्यायाम गर्दा हाम्रो शरीर ताजा र फुर्तिलो भएको महसुस हुनका साथै स्मरणशक्तिको ह्रास रोक्नबाट बचाउँदछ l तर दिनहुँ दिनको ९ हजार पाइला (लगभग ८ किलोमिटर) हिँड्दा अल्जाइमरको समस्या कम गर्न सकिने हार्वर्ड मेडिकल स्कूलका अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन् l

करिब १८२ मानिसहरू माथि गरिएको अनुसन्धानबाट सो कुरा सार्वजनिक भएको हो । न्युरोलोजी जर्नलमा प्रकाशित अनुसन्धान निष्कर्षका अनुुसार, स्मरणशक्ति कम हुँदै गएका मानिसका लागि नियमितको हिँडाइ फाइदाजनक रहन्छ ।

स्मरणशक्ति गुमाउने समस्या अल्जाइमर उमेर बृदी हुँदै जाँदा चर्किन्छ । मस्तिष्कमा एमिलोयड बीटा नामक प्रोटीनको स्तर बढ्दा यस्तो स्थिति आउने वैज्ञानिकहरूको भनाइ रहेको छ ।

शारीरिक गतिविधिबाट स्मरणशक्ति सुधार्न ल्याउनका साथै रक्तचाप, मोटोपन र मधुमेहको जोखिमलाई पनि घटाउन सकिन्छ । उक्त अनुसन्धानमा सहभागी १८२ मानिसको सोच्ने बुझ्ने क्षमता र स्मरणशक्तिलाई विगत सात वर्षमा दुईपटक जाँचिएको थियो ।

उनीहरूको हिडाईमा नजर राख्ने पेडोमिटर लगाइयो र १ हप्ता सम्म पैदल हिँडेको प्रभाव हेर्नका साथै मस्तिष्कको स्क्यान गरेर एमिलोयड प्रोटीनको स्तर हेरियो ।

विगतका अनुसन्धानहरूले पनि व्यायामबाट यस प्रोटीनको स्तर बढ्न रोक्ने देखाए l सक्रिय जीवनशैली भएका मानिसका दिमागका कोशिकामा कमी नआउने र एमिलोयड बीटा प्रोटीन नियन्त्रणमा रहने अनुसन्धानकर्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्