Logo

बसमा यात्रा गर्दा वान्ता हुन्छ ? यी हुन् घरेलु उपाय



Spread the love

के तपाईँलाई बस वा मिनी बसमा यात्रा गर्दा वान्ता हुने गर्छ ? यदि हुने गर्दछ भने अपनाउने गर्नुहोस् यी घरेलु टिप्सहरु जसले गर्दा तपाइको वान्ता हुने समस्याबाट छुटकारा दिलाउने मदत गर्दछ l

  • यदि तपाईँलाई बसमा यात्रा गर्दा वान्ता हुन्छ भने मुखमा ल्वाङ चुसेर राख्नुहोस् l जसले गर्दा वान्ता हुने समस्या कम हुने गर्दछ l
  • वान्ता हुने व्यक्तिहरूले यात्रा गर्दा जामुन पत्रको रस पिउँदा पनि यस्तो समस्याबाट राहत मिल्दछ l
  • काँचो आँपको सेवन गर्दा खाना पचाउन सहयोग गर्नका साथै त्यही आँपको पातले वान्ता रोक्ने काम पनि गर्दछ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर पिउनाले पनि वान्ता हुने समस्या कम हुने गर्दछ l
  • दैनिक भान्सामा प्रयोग हुने अदुवामा पनि वान्ता रोक्ने औषधीय गुण हुन्छ । यसरी यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसिरहँदा वान्ता हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।
  • यात्रा गर्ने क्रममा मुखमा सौंफ राखेर चपाइरहँदा पनि यस्तो समस्याबाट छुटकारा मिल्ने गर्दछ l

प्रतिक्रिया दिनुहोस्