Logo

कसरी बच्ने मृगौला रोगबाट? अपनाउनुहोस् यी टिप्स



Spread the love

मानव शरीरमा मृगौला एक अति महत्वपूर्ण अङ्ग हो । जसले रगतमा भएको खनिज र नुनलाई सन्तुलनमा राखी उच्च रक्तचाप लगायतका विभिन्न रोगहरूलाई नियन्त्रण गर्दछ । यदि हाम्रो मृगौलामा कुनै किसिमको समस्या देखा परेमा हामी केही गर्न सक्दैनौँ l उक्त कारण मृगौला स्वस्थ रहनु आवश्यक छ l

मृगौलाको कामहरू :

  • रगतलाई स्वस्थ राख्न, स्वडियम, पोटासीयम, म्याग्नेसियमलाई सन्तुलित राख्न मदत गर्दछ ।
  • मृगौलाले रेनिन नामको इन्जाइम उत्पादन गर्दछ जसको सहायताले उच्च रक्तचाप नियन्त्रण गर्दछ ।
  • यसले हड्डीलाई अति आवश्यक भिटामिन ‘डी’ उत्पादन गर्छ l जसले गर्दा हड्डी बलियो बनाउँदछ ।
  • खानामा भएको काम नलाग्ने कुरा केमिकल र मेडिसिन पिसाबबाट बाहिर निकाल्नका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।

मृगौला रोग लाग्ने कारण :

  • यदि मानिसको शरीरमा पानीको मात्र कम भएमा यस्तो समस्या देखा पर्दछ l
  • लगातार झाडापखाला लाग्दा वा बान्ता हुँदा पनि मृगौला रोग लाग्न सक्दछ l
  • अत्यधिक गर्मीमा काम गर्दा वा बस्दा पनि यस्तो समस्या देखा पर्दछ l
  • कुनै किसिमको तत्काल दुखाई कम गर्ने एन्टीबायोटिक औषधीको बढी प्रयोग गर्दा पनि यस्तो समस्याको उत्पन्न हुने गर्दछ l

मृगौला रोगका लक्षण :

  • यदि तपाईँ मृगौला रोगको पीडित हुनु हुन्छ भने तपाइको पिसाब धमिलो हुने गर्दछ l
  • धेरै पटक वा कम पिसा लाग्ने गर्नु पनि यस रोगको लक्षण हो l
  • लगातार वाकवाकी लग्नु वा रिँगटा लागिरहनु पनि यस रोगको सङ्केत गर्नु हो l
  • यदि तपाइको हात खुट्टा सुन्निएको छ भने पनि तपाइ मृगौला पीडित हुनु हुन्छ l
  • भोक नलाग्ने वा बढी भोक लाग्ने र छाला चिलाउनु पनि यस रोगको लक्षण हो l
  • कुनै पनि रोग लाग्दा लामो समयसम्म पनि निको नहुनु l

मृगौला रोगको रोकथाम :

  • मधुमेह वा उच्च रक्त चापबाट बच्नुपर्छ ।
  • प्रत्येक व्यक्तिले वर्षको एक चोटि मृगौलाको परीक्षण गर्नुपर्छ ।
  • प्रशस्त सफा पानी पिउनुका साथै जथाभावी औषधीको प्रयोग गर्नुहुँदैन् ।
  • धुम्रपान तथा मद्यपानको सेवनबाट टाढा नै बस्नुपर्छ ।
  • पोषणयुक्त सन्तुलित भोजन गर्नुपर्दछ ।
  • नियमित व्यायाम गर्ने बानी बसाल्नुपर्दछ l
  • बच्चाहरू बिरामी भएमा प्रत्येक पटक ज्वरो आउँदा पिसाब जाँच गराउनुपर्दछ ।
  • मृगौला रोग लागि हाल्यो भने चिकित्सकको सल्लाह बमोजिम औषधी सेवन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्