Logo

अफगानिस्तानको राजधानीमा आत्मघाती बम विस्फोट : ५ जनाको मृत्यु



Spread the love

९ साउन, काबुल ।

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोटमा परी पाँच जनाको मृत्यु भएको छ ।

मोटसाइकलमा आएको एक आत्मघाती आक्रमणकारीले बसलाई लक्ष्यगरी उक्त विस्फोट गराएको गृह मन्त्रालयका प्रवक्ता नसरात रामीले बताएका छन् ।

सो बस खनिज र पेट्रलियम मन्त्रालयसँग आवद्ध भएकोले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्