Logo

कांग्रेसका पुराना राजनीतिज्ञ काशिनाथ सेढाईको निधन



Spread the love

९ साउन, उदयपुर ।  नेपाली कांग्रेसका पुराना राजनीतिज्ञ काशिनाथ सेढाईको  निधन भएको छ ।

उनको ७८ बर्षका उमेरमा बुधवार निधन भएको हो भने तीन बर्ष अघिदेखि अल्जाइमर्स रोगका कारण थलिएका थिए । नेपाली कांग्रेस फुटेर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन हुँदा सेढाई सो पार्टीको क्षेत्रीय सभापति समेत बनेका थिए ।

उदयपुर जिल्लाकै पुरानो बेल्टार बजार स्थापना गर्ने, विद्यालय, बसपार्क निर्माण गर्नेजस्ता काममा सेढाईको महत्वपूर्ण योगदान रहेको थियो ।

उनको विहीबार स्थानीय त्रियुगा खोलामा अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्